राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए एक साथ महाअभियोग



काठमाडौ,फागुन ११ । संसद पुर्नस्थापना पश्चात राष्ट्रपतिले राजीनामा नदिए प्रचण्ड–नेपाल पक्षको नेकपाले महाअभियोग लगाउने चेतावनी दिएको छ ।

उक्त पक्षको केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘संसद् पुनर्स्थापना गरेर सर्बोच्च अदालतले हाम्रो संविधान जोगाएको छ । राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्