संसद पुनस्थापनासंगै प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखलाई बोलाए बालुवाटारमा



काठमाण्डौं,फागुन ११ । सर्वोच्चले संसद पुनस्थापना नगर्ने विस्वास गरेका प्रधानमन्त्रीले अन्ततः संसद पुनस्थापना गरे लगत्तै सबै मन्त्री र चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफलमा जुटेका छन् । मंगलबार बिहान मात्रै सुरक्षा परिषद् र मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

तर औपचारीक निर्णय सार्वजनिक भएको थिएन । अहिले संसद पुनस्थापना पछि के गरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्