अदालतको निर्णयको स्वागत गर्दै नुवाकोटको छहरेमा दीप प्रज्वलन [हेरौं तस्बिरमा]



नुवाकोट,फागुन ११ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला जनताको हितमा रहेको भन्दै नुवाकोटको छहरे बजारमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन गरी सर्वोच्च अदालतले मंगलबार साँझ गरेको संसद पुनर्स्थापनाको स्वागत गरिएको प्रचण्ड-माधब समूहका युवा कार्यकर्ताहरुले बताएका छन् । लिखुका अगुवा युवा नेता प्रकाश डङोलका अनुसार स्थानीय लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारमा दीप प्रज्वलन गरी खुसियाली मनाइएको हो ।  

नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताहरुले समेत संसद पुनर्स्थापनाको निर्णयलाई स्वागत गर्दै मैनबत्ती बालेर दीपावली मनाएका छन् । संसद पुनस्थापना भएकोमा खुसियाली व्यक्त गर्दै कार्यकर्ताहरुले न्यायालयलाई धन्यवाद समेत दिएका थिए ।

तस्वीरमा हेरौं

तस्वीर:सुमन भण्डारी,प्रकाश डङोल

प्रतिक्रिया दिनुहोस्