प्रधानमन्त्री ओलीको प्रतिक्रिया ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’



काठमाडौ,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै बालुवाटारमा केही मन्त्री तथा पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नगर्ने सुनाएका हुन् ।

नयाँ राजनीतिक परिस्थितीबारे छलफल गर्न नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निष्कर्ष सुनाएका हुन् ।

छलफलमा मन्त्रीहरु इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, प्रदीप ज्ञवाली, मणि थापा लगायत थिए । यस्तै नेताहरु सुवास नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्