बुधबार सुनको मूल्य घट्यो



काठमाडौं, फागुन १२ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

कारोबार अनुसार छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार ८९ हजार ६५० रुपैयाँमा खरिद बिक्रि भएको थियो । यसैगरी, चाँदीको मुल्य पनि घटेको छ । महासंघको अनुसार चाँदी आज १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्