त्रिशुली नदीमा पुरुषको शव फेला



शवको हुलिया

नुवाकोट,फागुन १२ । त्रिशुली नदीमा पुरुषको शव फेला परेको छ। बुधबार बिहान दस बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरिनीस्थित त्रिशुली नदीमा अन्दाजी ३०/३२ वर्षको झै देखिने पुरुषको शव फेला परेको कार्यालयले उल्लेख गरेको छ।

खैरो रङको ज्याकेट,पाइन्ट लगाएको सो शवको जोकोहीले पहिचान गर्न सकेको खण्डमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क राख्न कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्