सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय



काठमाडौ,फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने बताए । सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्