इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु



एजेन्सी,फागुन १२ । मंगलबार इक्वेडरमा तीनवटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएको प्रहरीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीनवटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्