बितेको २४ घण्टामा ९४ जना संक्रमित थपिए



काठमाडौं, फागुन १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार  १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्