नेपाल बैंकको अध्यक्षमा मरासिनी



काठमाडौं, फागुन १२ । नेपाल बैंक लिमिटेडले अध्यक्षमा मधु मरासिनीलाई नियुक्त गरेको छ । पुर्व अध्यक्ष वासुदेव अधिकारीले विवादमा मुछिएसँगै अध्यक्ष पदबाट राजिनामा दिएपछि रिक्त पदमा मरासिनी नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयले संचालक समितिमा मरासिनीलाई पठाएसँगै बैकले अध्यक्षमा नियुक्त गरेको हो । हाल महालेखा नियन्त्रक तथा नेपाल सरकारका सचिव रहेका मरासिनीलाई नेपाल बैंकको जिम्मेवारीपनि दिइएको हो ।

मरासिनीले सोमबार नै पद तथा गोपनियताको शपथ लिएर जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्