प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने ओलीको संकेत



काठमाडौ,फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरेपनि ओलीले पदबाट राजीनामा नदिने संकेत दिएका छन् ।

नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्दा तत्काल राजीनामा नदिने संकेत दिएका हुन् ।

बुधबार कृषि मन्त्रालयद्वारा काठमाडौंमा आयोजित माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तत्काल पद नछोड्ने संकेत दिएका हुन।

‘अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ,’ ओलीले भने, ‘तपाईहरु विकासको मार्गमा निश्चिन्त, निस्फ्रिक्री ढंगले अघि बढ्नुस् ।’ओलीले कठिन परिस्थितिमा पनि सामना गरेर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्