नेपाली बजारमा निशान म्याग्नाइटको बुकिङ खुला



काठमाडौं,फागुन १३। पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा नयाँ निशान म्याग्नाइट एसयूभी ल्याएको छ । कम्पनीले यसको मूल्य सार्वजनिक गर्दै नेपालभरका सबै डिलर मार्फत बुकिङ खुला गरेको हो । ग्राहकले कम्पनीको वेबसाइटमा गएर गाडी बुकिङ गर्न सक्ने बताइएको छ ।

बिग, बोल्ड, ब्युटिफुल र आकर्षक गाडी निशान म्याग्नाइट एसयूभीको शुरुआती मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ । निशान म्याग्नाइटले निशान नेक्स्टको नेपाली र विश्व बजारका लागि तय रणनीतिमा नयाँ अध्यायको शुरुआत गरेको निशान मोटर इण्डियाका दक्षिण एशिया बजार व्यवस्थापन प्रमुख रघुनाथ नायरले बताएका छन् ।

कम्पनीका अनुसार ‘मेक इन इण्डिया, मेक फर द वल्ड’को दर्शनमा निर्मित निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेष्ट इन सेग्मेन्टका सुविधा छन्, जसले उपभोक्तालाई नयाँ अनुभव गर्ने अवसर प्रदान गर्नेछ । निशानको मान्यता अनुसार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यु जस्ता प्रविधि पनि छन् । म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकांक्षा पूरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले बताएको छ ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाका अनुसार नयाँ निशान म्याग्नाइटको लन्च निशानको ग्राहक केन्द्रित यात्रामा कासेढुंगा सावित हुनेछ । ग्राहकको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्याग्नाइटले नेपाली बजारमा ‘गेम चेन्जर’को भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्