प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार गठन असम्भव : सूर्य थापा



काठमाडौं,फागुन १३ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नयाँ सरकार गठनका विषयमा तीव्र भेटघाटमा छन् । त्यसतर्फ संकेत गर्दै नेता थापाले उनीहरुको नेतृत्वमा नयाँ सरकार गठन असम्भव भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व )प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।’

प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै भएको उनको तर्क छ ।

उनले लेखेको स्टाटस यस्तो छ–

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

प्रतिक्रिया दिनुहोस्