कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गयो



कञ्चनपुर, फागुन १३ । कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गएको छ। जिल्लाको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट लडेर ज्यान गएको हो ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । उनी फार्मेसीमा अध्ययनरत थिए । चौधरीको आफु डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चौधरीले मादक पदार्थ सेवन गरेर छतबाट लडी बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

प्रतिक्रिया दिनुहोस्