बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ,फागुन १३ । नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

त्यस्तै सोही समयावधिमा ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय २३ रहेको छ भने मृतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ । भने ६३ जना क्‍वारेन्टाइनमा रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्