गुल्मी बन्यो कोरोनामुक्त जिल्ला



गुल्मी,फागुन १३ । गुल्मी कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेपछि जिल्ला संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

जिल्लामा हाल होम आइसुलेशनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लामा ९ सय ५२ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

जिल्लामा हालसम्म ५हजार ९ सय ६१ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भएको आचार्यले बताए ।

जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणमा लगाइएको तथ्याङ्क अनुसार हालसम्म ४हजार १७५ जनाले कोरोनाविरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना आचार्यले बताए ।

तेस्रो चरणको खोप जिल्लामा फागुन २३ गते देखी लगाउने भएका छन् । पहिला सदरमुकामै आएर खोप लगाउनु पर्दथ्यो भने अहिले स्थानीय तहका स्वास्थ्य चौकी बाट खोप लगाइने भएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य चौकीबाट ५५ वर्ष माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्