बुटवलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



बुटवल,फागुन १४ । बुटवलमा मोटरसाइकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोे बुटवल उपमहानगरपालिका–८ सिद्धबाबा हस्पिटल नजिक लु २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना १ क ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी पाल्पाको तिनाउ–१ कचल, झिगामारा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका दोलक बहादुर पुन मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्