बजाजको नयाँ टेम्पो सार्वजनिक



काठमाडौं,फागुन १४ । बजाज कम्पनीको आधिकारिक विक्रेता केसरीचन्द भवरलाल कम्पनीले तीनपांग्रे टेम्पो बजाज बीएस ६ बजारमा ल्याएको छ ।

नेपालका लागि बजाज कम्पनीको अधिकृत बिक्रेता हंसराज एन्ड हुलासचन्दले आफ्ना डिलरमार्फत बिहीबार नेपालभर आरई बीएस ६ सार्वजनिक गरेको हो ।

पहिलेको बीएस ४ भन्दा अहिलेको गाडीमा धेरै फिचर थपिएको विराटनगरका बिक्रेता केसरीचन्द भवरलालका प्रोप्राइटर प्रशान्त तातेडले बताए ।

उनका अनुसार ड्यासबोर्ड, २३६ सिसीको इन्जिन, प्यासेन्जरका लागि साइड ढोका, एमपीथ्री म्युजिक सिस्टमलगायत १० वटा फिचर थपिएर यसमा थपिएका छन् ।

विराटनगरको राधारमण मन्दिर बरगाछीमा रहेको सोरुममा नयाँ अटो सार्वजनिक गर्दै तातेडले सिटी सफारी चलाएर दिनभरिमा ५ देखि ८ सय रुपैयाँ मात्रै कमाउने चालकले यो अटोबाट दैनिक २ हजारसम्म बचत गर्न सक्ने दाबी गरे ।

पहिलेको अटोमा यात्रु पछाडि बस्दा सबैतिर थुनिएजस्तो अनुभव हुने गरे पनि नयाँमा तीनतिरै पारदर्शी झ्याल रहेकाले बाहिरको दृश्य सजिलै नियाल्न सकिने कम्पनीका म्यानेजर सुरेन्द्र कार्कीले बताए ।

६ वटा विभिन्न कलरमा उपलब्ध अटोका लागि केसरीचन्द भवरलालले दुई वर्षे किस्तामा शून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराएको छ । अटोको बजार मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ पर्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्