छ्हरे महोत्सव उद्घाटन आज, हेलिकप्टर र प्याराग्लाइडिङ्ले पुष्प वर्षा गर्ने



नुवाकोट,फागुन १४ । प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ आजदेखि सुरु हुने भएको छ।समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाले आयोजना गरेको मेला आज शुक्रवारबाट सुरु हुने भएको हो।

आगामी फागुन २२ गतेसम्म लिखु गाउँपालिका वडा नम्वर ६ स्थित छहरेको कुमालठाँटीमा हुने महोत्सव तथा ब्यापार मेलाको लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पुरा भईसकेको र आज एक कार्यक्रममा बिच पूर्ब परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।उद्घाटन समारोहमा हेलिकप्टर र प्याराग्लाईडिङबाट पुष्प गुच्छा वर्षा गराउने तयारी समेत गरिएको आयोजकले जनाएको छ।

यसैक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले महोत्सव सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । महोत्सवका सन्दर्भमा बिहीबार स्थानीय सरोकारवालाहरुसंग कुरा गर्दे अध्यक्ष श्रेष्ठले महोत्सव लिखु गाउँपालिकाको मात्र नभई समग्र जिल्लाकै ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्वहरुको उजागर गरि तिनिहरुको अधिकतम प्रचारप्रसार मार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको बताए ।

आज प्रवेश निशुल्क

उद्घाटनका दिन आज महोत्सव स्थल प्रवेश निशुल्क गरिएको छ। उद्घाटन कार्यक्रममा उपस्थित अतिथि लगायत नवआगन्तुक,स्थानीय नागरिक,व्यापारी व्यवसायी,शिक्षक विद्यार्थी सबैलाई निशुल्क प्रवेश गराइने आयोजक तथा लिखु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले बताए । अन्य दिन भने महोत्सव प्रवेश शुल्क ५० रुपैयाँ कायम गरिएको महोत्सव संयोजक सानू केसीले बताए।

महोत्सव आयोजना स्थल छहरे थान्सिङ

प्रतिक्रिया दिनुहोस्