काठमाडौको तारकेश्वरमा बर्डफ्लू भेटियो, १२ हजार बढी कुखुरा नष्ट



काठमाडौं, फागुन १४ । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ। तार्केश्वर नगरपालिका वडा नम्बर १ साङ्लाफाँटमा बर्डफलू भेटिएको पशु तथा पंक्षि सेवा विभागका डाक्टर चन्द्रमणि ढकालले बताए । बर्डफ्लु भेटिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको ढकालले बताए ।

कुखुरा व्यवसायी विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा नष्ट गरिएको हो ।

सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए। यस अघि सुर्खेतमा समेत बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्