यस्तो देखियो छहरे महोत्सवको रौनक [हेरौं तस्बिरहरु]



नुवाकोट,फागुन १४। समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा आजदेखि प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु भएको छ ।

आगामी फागुन २२ गतेसम्म लिखु गाउँपालिका वडा नम्वर ६ स्थित छहरेको कुमालठाँटीमा हुने महोत्सव र ब्यापार मेलाको लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पुरा भईसकेको र आज एक कार्यक्रममा बिच पूर्ब परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम स्थलमा पर्याप्त खानेपानी,दर्शक बस्ने स्थान तथा स्टल ब्यवस्थापनमा आयोजक खटिरहेको महोत्सव संयोजक सानू केसीले बताए।

हेर्नुस् महोत्सव स्थलको तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्