पछिल्लो २४ घण्टामा १ सय १२ संक्रमित थपिए



काठमाडौं, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार २ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्