नुवाकोटमा सिडिओ फेरिए



नुवाकोट,फागुन १४ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको सरुवा भएको हो । सिडिओ ढकालको अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा सरुवा भएको छ । मन्त्रालयले नुवाकोटसहित रसुवा र धादिडका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ ।

नुवाकोटको नयाँ प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल आउने तयारी भएको मन्त्रालयले जनाएको छ । उनी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट नुवाकोट सरुवा भएका हुन् ।

सिडियो ढकाल पछिल्लो समय नुवाकोटमा देखिएका समस्यालाई आफ्नै पहलमा हल गरी कुशल प्रशासकको परिचित थिए ।

प्रतिक्रिया दिनुहोस्