कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा पुन रामेश्वर थापा



अभिभावक भेलामा मन्तव्य राख्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा

नुवाकोट,फागुन १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको कुण्डला माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापनको अध्यक्षमा पुनः रामेश्वर थापा चयन भएका छन्। यसअघि थापा चार वर्ष समितिको अध्यक्षका रुपमै सेवारत थिए।

विद्यालयको आइतबार बसेको अभिभावकहरुको भेलाले थापालाई पुनः अध्यक्षको जिम्मेवारी थमाएको हो। समितिका अन्य पदाधिकारीहरुमा पदमबहादुर तामाङ,शान्ता तामाङ, जानुका खतिवडा,दिपक तामाङ,उषा थापा चयन गरिएको विद्यालयका प्रधानाध्यापक शम्भु यादबले बताए।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,उपाध्यक्ष मन्जु केसी,पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा,विद्यार्थी नेता पवन थापा,पूर्व शिक्षक झब्बरप्रसाद यादव,जीवन सिटौला,राजु कडेल,गणेश सिटौला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्