दोभान बजार आगलागी: ७९ परिवार विस्थापित



ताप्लेजुङ, फागुन १९ । जिल्लाको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार आगलागीका कारण ४७ घर जलेर नष्ट भएको र ७९ परिवार विस्थापित भएका छन् । लक्ष्मी बैंक शाखा कार्याल, ग्लोबल आईएमी बैंकको शाखा कार्यालय र आइएमईको एउटा शाखा कार्याल जलेर पुरै नष्ट भएको स्थानीयबासी गणेश कार्कीले जानकारी दिए ।

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान बजार हो । यो बजारमा सय व्यापारिक घर भएको स्थानीय कार्कीले बताए । ४७ घरमा सबैको किराना पसलदेखि खाद्य स्टोर, हार्डवेयर पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाई छ । आगलागीबाट के-कति क्षति भयो भन्ने विवरण आइनसकेको बताइएको छ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्