धादिङको ‘गजुरी महोत्सव’ चैत्र १२ देखि २४ गतेसम्म हुने



धादिङ,फागुन १९ । जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा आउने चैत १२ गते देखि गजुरी महोत्सव–२०७७ हुने भएको छ । राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुन लागेको महोत्सवको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

स्थानीय बस्तुको निकासी एवम् जिल्लामा लगानी तथा प्रविधि भित्राउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए ।

कोभिड १९ का कारण उद्यम व्यवसाय थिलथिलो भएको अवस्थामा आर्थिक, व्यापार वाणिज्य तथा उद्योगको प्रवद्र्धन र कृषि तथा पर्यटनको विकासका लागि आयोजना गरिएको महोत्सवले हालको सुस्त कारोबारलाई गतिशिल बनाउन सहयोग पुर्याउने आशा गरिएको छ ।

मेलामा धादिङसहित अन्य जिल्लाका स्थानीय स्तरमा उत्पादित बस्तुहरुको समेत बजार प्रवद्र्धनका साथै सो को पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुग्ने, कृषिजन्य लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने आवश्यक ज्ञान उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पु¥याउने आयोजक समितिले जनाएको छ । त्यस्तै स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य बस्तु तथा सेवाका साथै कृषिजन्य तथा हस्तकला सामानको व्यवसाय विस्तार एवम् प्रवद्र्धनमा जोड दिने बताइएको छ ।

महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुलाई प्रदर्शनी, हेलिकप्टरबाट दृश्यावलोकन, विभिन्न खेल तथा मनोरन्जन, कृषि प्रर्दशनी मुख्य आकर्षणको रुपमा हुने मेला आयोजक समितिका संयोजक श्रेष्ठले बताए । महोत्सवबाट प्राप्त आम्दानीलाई स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने बताइएको छ । मेला १३ दिनसम्म संचालन हुने आयोजक समितिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्