प्रचण्ड, नेपाल लगायत प्रमुख नेताले पनि लगाए कोरोना खोप



काठमाडौ,फागुन १९ । देशका प्रमुख नेताहरुले पनि कोरोना खोप लगाएका छन् । संसद बैठक बस्नुअघि सांसदहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका हुन ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेर पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सभामुख अग्नी सापकोटा लगायतले खोप लगाएका हुन् ।

संसद सचिवालयले फागुन २३ गते संसद वैठकमा सहभागी हुन सबै सांसदहरुलाई भ्याक्सिन अनिवार्य गरेको छ ।

सोही अनुसार प्रचण्ड, नेपाल र सभामुख सापकोटा लगायत सांसदहरुले सिभिल अस्पताल पुगेर कोभिड–१९ को भ्याक्सिन लगाएका हुन् ।

सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई भ्याक्सिन लगाउन सरकारले सिभिल अस्पतालमा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्