छहरे महोत्सव: यस्तो रह्यो पशुपति शर्मा र दलबहादुरको दर्शक क्रेज



गायक पशुपति शर्मा आफ्नो प्रस्तुतिका क्रममा

नुवाकोट,फागुन १९ । यहि फागुन १४ गते शुक्रबारदेखि सुरु भएको ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेला’को छैटौं दिन सम्पन्न भएको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेका छन ।

बुधबार सम्पन्न छैटौं दिनको महोत्सवमा चर्चित गायक पशुपति शर्मा,प्रदीप रोक्का र राधिका हमालले दमदार प्रस्तुति दिएका थिए। एक फरक प्रसङ्गमा गायक पशुपति शर्माले जिन्दगी भनेको त दुखैमा बित्ने रहेछ, नाचेर हासेर जीवन बिताउनुपर्छ भन्दै दर्शकलाई छमछम नचाएका थिए।

घाँसे गीतका चर्चित गायक दलबहादुर डङोल प्रस्तुतिका क्रममा

अन्य दिनको तुलनामा दर्शकको संख्या उल्लेख भएको बुधबारको कार्यक्रममा आकर्षणको रुपमा घाँसे गीत क्षेत्रका चर्चित कलाकार दलबहादुर डङोलको घासे गीतले समेत दर्शकको मन तानेको देखिन्थ्यो। नुवाकोट लिखु गाउँपालिकाका गायक डङोलले १ सय २० कुण्डको नाम स्टेजमा लगातार उच्चारण गर्दा दर्शकको ताली गुन्जिएको थियो।

भोलि बिहीबारको आकर्षण

बिहिवार अर्थात मेलाको सातौं दिनमा हुने महोत्सवमा काठे लोकदोहोरी क्षेत्रका चर्चित गायक गायिकाको सहभागिता रहने आयोजकले जनाएको छ। महोत्सव संयोजक सानू केसीका अनुसार बिहीबार चर्चित गायिका स्मृति गौतम र उद्धब कार्कीको प्रस्तुति रहनेछ। त्यस्तै गायक घमेश दुलाल,सानू केसी, प्रतिमा आर्याल,रामकुमार केसीको प्रस्तुति रहनेछ भने अर्का चर्चित लोकदोहोरी गायकद्वय संगमजंग थापा र दिनेश श्रेष्ठको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

मेलामा प्याराग्लाईडिङ यात्रा,हेलिकप्टरबाट पवित्र धाम गोसाइँकुण्डको यात्रा तय गर्न सकिनेछ। साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको महोत्सव संयोजक सानू केसीले बताए।

दर्शक निरन्तर बढ्दै

प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेलामा दर्शकको संख्या निरन्तर बढिरहेको पाइएको छ। उद्घाटन सत्र लगत्तै दर्शक संख्यामा कमी आइरहेको बताइएको थियो।तर पछिल्लो दिनमा भने दर्शक संख्यामा वृद्धि भैरहेको आयोजकले जनाएको छ।

पहिलो दिन निशुल्क प्रवेश पाएका दर्शकले दोस्रो दिनदेखि टिकटमा प्रवेश गरेका छन्। टिकट ब्यवस्थापन समितिका प्रकाश भण्डारीका अनुसार महोत्सवको दोस्रो दिन शनिबार ११ सय टिकट वितरण भएको थियो। तेस्रो दिन आइतबार ४२५ जनाले महोत्सव अवलोकन गरेका थिए भने त्यो संख्या निरन्तर वृद्धि भैरहेको बताइएको छ। महोत्सवको चौथो दिन १३ सय दर्शक महोत्सवमा प्रवेश गरेका छन् भने पाचौं दिन १७ सय र छैटौं दिन १६ सय दर्शकले प्रवेश गरेको भण्डारीले बताए।

महोत्सवमा गत शनिबार मात्र ६ हजार सवारीसाधन पार्किङ भएको उल्लेख छ।सवारी पार्किङ ब्यवस्थापनका सुमन भण्डारीले साझापथसंग भने- ‘आउने शनिबारसम्म दर्शक संख्या वृद्धि हुने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्