‘पञ्चकन्या चेयरमेन कप’ दुप्चेश्वरले जित्यो, समर्थक बीच हानाहान



दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङसंग तस्वीर खिचाउदै खेलाडी

नुवाकोट,फागुन २४ । आयोजक पञ्चकन्या गाउँपालिका रहेको दोश्रो ‘पञ्चकन्या चेयरमेन कप’ भलिबल प्रतियाेगिताको उपाधी दुप्चेश्वर गाउँपालिकाका खेलाडीले जितेका छन् ।

“आराेग्यता र समृद्धिका लागि खेलकुद” भन्ने मूल नाराका साथ २१ गतेदेखी सुरु भएको भलिवल प्रतियोगीतामा दोस्रो भने पञ्चकन्या गाउँपालिकाका खेलाडी भएका छन् । भने तेस्रो भने म्याघाङ गाउँपालिकाका खेलाडीले जितेका छन्।

जिल्लाका स्थानीय तहहरु बीच भएको प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङलाई प्रमुख अतिथीको रुपमा रहेका थिए ।

कालिका माध्यमिक विद्यालय पुरानडाँडाको मैदानमा भएको समापन समारोह र महिला दिवसको अवसर पारेर आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको थियोे।

कार्यक्रम समापन लगत्तै हानाहान

भलिबल प्रतियोगिता समापनसंगै विजेता र उपविजेता खेलाडीका समर्थक बीच हानाहान भएको छ। खेलकुद समयमा हुटिङ र अनावश्यक टिकाटिप्पणी भएको भन्दै दुई खेलकुद टिमका समर्थक बीच हात हालाहाल भएको पञ्चकन्या प्रहरीले जनायो।

प्रहरीका अनुसार हात हालहालको स्थिति पैदा भएपनि स्थिति सामान्य भैसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्