नारी दिवसको अवसरमा नुवाकोट समुन्द्रादेवीका शिक्षिका सम्मानित



विद्यालयमा सम्मानित शिक्षिका तथा कर्मचारी

नुवाकोट,फागुन २४ । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयले शिक्षिकाहरुलाई सम्मान गरेको छ। सोमबार विद्यालय प्राङ्गणमा भएको सम्मान कार्यक्रममा झण्डै १ दशक यतादेखि निरन्तर सेवारत महिला कर्मचारीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद सिटौलाले बताए।

सम्मानित हुने महिला शिक्षिका/कर्मचारीमा विद्यालयका सहायक प्रधानाध्यापक सुधा खड्का बखती,मालती खड्का, गीता पुडासैनी, देवकी लोहनी बखती,उर्मिला थापा, सर्मिला तामाङ, कमला श्रेष्ठ, अम्बिका कार्की र लक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यस्तै विद्यालय कर्मचारी सबिना बुढाथोकी र मोहनमाया तामाङलाई पनि सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्