एसईई परीक्षा जेठ १३ गतेदेखि



काठमाण्डाै, फागुन २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको जनाइएको छ।

यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । तर कोरोना महामारीका कारण यस पटकको परीक्षा ढिलो हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्