चौथों दुप्चेश्वर कप भलिबल प्रतियोगितामा पञ्चकन्याको सानदार जीत



नुवाकोट,फागुन २९ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाको रामतिमा भएको चौथों दुप्चेश्वर कप भलिबल प्रतियोगितामा पन्चकन्या गाउँपालिकाका खेलाडीले सानदार जीत हासिल गरेका छन् । प्रतिस्पर्धात्मक फाईनल राउण्डमा दुप्चेश्वरसंग रोमाञ्चक खेल प्रस्तुत गर्दै लागातार ३ सेट पन्चकन्याले अग्रता जनाउँदै सानदार जीत हासिल गरेको हो भने प्रतियोगितामा दुप्चेश्वर दोश्रो बनेको छ ।

फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा म्याघाङ तेस्रो र चौथो स्थानतादी गाउँपालिकाका खेलाडीले ओगट्न सफल बनेका छन्। यसअघि पञ्चकन्यामा आयोजित भलिबल प्रतियोगितामा भने दुप्चेश्वरले जीत हासिल गरेको थियो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ तथा मेडल प्रमाणपत्र, दोश्रो हुनेलाई ५० हजार रुपैयाँ मेडल प्रमाणपत्र , तेश्रो हुनेलाई ३० हजार रुपैयाँ मेडल प्रमाणपत्र र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्