माधव पक्षले ओलीको चियापान र ७ गतेको बैठक बहिष्कार गर्ने

काठमाडौ,चैत २ । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजना गरेको चियापान कार्यक्रम तथा चैत ७ गतेको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएको छ ।
मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापानमा जानुका अर्थ नरहेको उपाध्यक्ष भीम रावलले बताएका छन् । सोमबार अध्यक्ष ओली तथा नेता नेपाल पक्षबीचको छलफल सहमतिमा नपुगेकाले चियापानमा नजाने उनीहरुले बताएका हुन।
त्यस्तै, उपाध्यक्ष रावलले सहमतिबिना चैत ७ गतेको बैठकमा जानुको पनि औचित्य नभएको स्पष्ट पारेका छन् ।