नुवाकोटमा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता शुरु



नुवाकोट, चैत ११ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ शुरु भएको छ। आजदेखि बट्टार बजारमा रहेको कभर्ड हलमा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता तीनदिनसम्म चल्नेछ।

प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी रहेको जिल्ला समन्वय समिति नुवाकोटले जनाएको छ । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी रह्र्का छन् ।

जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो राशी पुरस्कार मानिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु.१० हजारसहित पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता यस्ता प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप आकर्षण बढ्ने बताए ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेलकूद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको बताए । आयोजक जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यसप्रकारको प्रतियोगिताले ब्याडमिन्टनप्रतिको रुचि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्