नुवाकोटमा प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



नुवाकोट,चैत १३ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको ‘प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ सम्पन्न भएको छ । प्रतियोगीतामा समुह ए का सरद खड्का र सुरज लामा तथा समुह बि का अजेशराज शाक्य र जीवन आचार्यले प्रथम भएका छन् । प्रतियोगितामा विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद बहादुरसिंह लामाले २० हजार रुपैयाँ सहित मेडल र ट्रफि प्रदान गरेका थिए । 
     

यस्तै, समुह ए का कुमार डंगोल र बिबेक जोशी तथा समुह बि का राकेश गुरुङ र बिनय प्रसाद लामिछानेले दोश्रो भएका छन् । समुह ए का चन्दन घले, श्यामसुन्दर मर्हजन, शिबलाल श्रेष्ठ र रुपक बोडे तृतीय गरेका छन् भने सम्ुह बि का भिमलाल बज्रचार्य, रुपक बडे, श्रीराम तामाङ र नबिन श्रेष्ठ तृतीय भएका छन् । दोश्रो भएका खेलाडीहरुलाई जनही १५ हजार र तृतीय भएका खेलाडीहरुलाई जनही १० हजार नगद सहित मेडल र ट्रफि प्रदान गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रबक्ता एवम् कार्यक्रम संयोजक गणेश शाहीले बताए ।
     

साथै,अजेशराज शाक्यलाई उत्कृष्ठ खेलाडीको रुपमा ५ हजार नगद सहित सम्मान गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराको साथ सञ्चिालन भएको प्रतियोगीतामा नुवाकोट र रसुवाका गरी ४६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगीता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा तामाङले सबै उमेर समूहका व्यक्तिहरुको लागि खेल्न सहज हुने खेल ब्याडमिन्टन रहेको बताए ।शरिरलाई स्वस्थ्य तथा फूर्तिलो बनाइराख्न ब्याडमिन्टन खेल बहुउपयोगी रहेको उनले बताए । 
       

स्थानीय तहको बस्तीहरु शहरीउन्मुखको अवस्थामा रहेको र शारिरिक श्रम गर्नको लागि समय कम दिने गरेको कारणले गर्दा अस्वस्थ नागरिकहरु बढिरहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको भनाई छ । फुटबल, झलिवल जस्ता खेलहरुलाई स्थानीय तहहरुले प्रतियोगितात्मक रुपमा सञ्चालन गरिरहेकोले आगामी दिनमा ब्याडमिन्टन खेलको विकासको लागि स्थानीय तहलाई अपनत्व लिन जिल्ला समन्वय प्रमुख तामाङले आग्रह गरे । 
     

समापन समारोहमा कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, बिदुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शनि चित्रकार, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नेपाली काङ्ग्रेस नुवाकोटका प्रबक्ता राजु थापा, नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिता अमात्य, पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटा, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष सुमन अधिकारी, जिल्ला समन्वय समिति सदस्य सम्झना सेढाई लगायतले खेल क्षेत्रको विकासका बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्