नेपालले बंगलादेशविरुद्ध खेल्दै



काठमाडौँ,चैत १४ । जारी त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार नेपाल बंगलादेशविरुद्ध खेल्दैछ ।

शनिबार साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल शुरु हुने छ । फाइनलमा पुग्न नेपालले बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नु पर्ने छ । आफ्नो पहिलो खेल जितेको बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।

नेपाल भने पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्