भारतीय प्रधानमन्त्री बाङ्लादेशको भ्रमणमा जाँदा चर्को विरोध, पाँचको मृत्यु



एजेन्सी,चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी दुई दिने भ्रमणको लागि शुक्रवार बाङ्लादेशको राजधानी ढाका पुगेका छन् । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा बाङ्ग्लादेशमा भने हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन्।

त्यहाँ रहेको एक इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ।

शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्