इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु



काठमाडौँ,चैत १४ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उक्त रेल राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा रहेको लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ गइरहेको बताइएको छ ।

यस्तै अर्को रेल राजधानी कायरोबाट असवान शहरतर्फ गइरहेको थियो । विपरीत दिशाबाट आएका दुईवटा रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । सन् २००२ मा गुडिरहेको रेलमा आगलागी हुँदा ३७३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्