नेपाल त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश



काठमाडौँ,चैत १४ । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएसँगै नेपाल र बंगलादेशसँगै फाइनलमा पुगेको हो ।

बंगलादेशविरुद्धको यस खेलमा नेपालले अघिल्लो खेलको तुलनामा राम्रो खेलेपनि पाएको अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

बराबरी खेलेपछि बङ्गलादेश शिर्ष स्थानमा रहदै ४ अंक हासिल गरेर फाइनलमा पुगेको छ । बङ्गलादेशले कीर्गिस्तानलाई १-० गोलले पराजित गरेको थियो ।

त्यस्तै नेपालले भने दुवै खेलमा गोल रहित बराबरी खेल्दै फाइनलमा पुगेको छ । नेपालको दुई अंक रहेको छ । नेपालले दुवै खेलमा कुनै गोल नगरी फाइनलमा पुगेको हो ।

त्यस्तै किर्गिस्तानले भने यु-२३ टोली भने एक हार र एक बराबरीसहित एक अंक हासिल गरेर प्रतियोगिताबाट बाहिरिएको छ ।अब प्रतियोगिताको फाइनल खेल आगामी सोमबार साँझ ५: ३० मा दशरथ रङ्गशालामा हुदै छ ।

प्रतिक्रिया दिनुहोस्