प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने



काठमाडौ,चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार दशरथ रंगशाला जाने भएका छन् ।

नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन् । फाइनल खेल साढे ५ बजे हुँदै छ ।

नेपालले  कीर्गिस्तानको यू-२३ र बंगलादेश गरि दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै नेपालसँग बराबरी खेलेको बंगलादेशले कीर्गिस्तान यू-२३ लाई भने १-० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्