बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि नेपाललाई



काठमाडौ,चैत १६ । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो ।

नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे ।

पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो ।बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।

प्रतिक्रिया दिनुहोस्