शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिताको भव्य उद्घाटन (भिडियोसहित)



नुवाकोट, फागुन ४ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिताको भव्य उद्घाटन भएको छ।

गाउँपालिकाको आयोजनामा बुधबार एक समारोहका बीच नेपाली काङ्ग्रेसका नेता तथा पुर्व अर्थमन्त्री रामशरण महतले खेलकुद कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका नेता जगदिश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत,काङ्ग्रेस नेता महेन्द्र थिङ,नेकपाका नेता तथा पुर्वमन्त्री राजेन्द्रप्रकाश लोहनी,जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ,जिल्ला तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे।

आगामी चैत २५ सम्म हुने प्रतियोगितामा सामेल भइ प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई ४ लाख र तेस्रो हुने समूहलाई २ लाख प्रदान गरिने शिवपुरी गाउँपालिकले जनाएको छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्