भारतमा एकैदिन ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिए



एजेन्सी,चैत १८ । भारतमा बितेको २४ घण्टामा थप ५३ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै त्यहाँ संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा संक्रमणबाट ३५४ जना संक्रमितको मृत्यु भएको छ । यो संगै भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा कोरोना मुक्त हुनेको संख्या एक करोड १४ लाख ३४ हजार ३०१ जना रहेको छ ।  भारतमा हाल पाँच लाख ५२ हजार ५६६ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्