शिवपुरी अध्यक्ष कप फुटबल प्रतियोगीताको पहिलो खेलमा घरेलु टिमको अग्रता



नुवाकोट,चैत १८ । जिल्लाको शिवपुरी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा घरेलु टिमका खेलाडीले अग्रता कायम गरेका छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो राउण्डमा दुप्चेश्वरलाई शुन्यको विरुद्ध ४ गोल प्रहार गर्दै आजको खेलमा जीत हासिल गरेको हो ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा शिवपुरीका अनिष घर्तीले सबैभन्दा ज्यादा दुई गोल गरेका थिए।

आगामी चैत २५ सम्म हुने प्रतियोगितामा सामेल भइ प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई ४ लाख र तेस्रो हुने समूहलाई २ लाख प्रदान गरिने शिवपुरी गाउँपालिकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्