ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु



काठमाडौं, चैत २० । ताइवानमा रेल दुर्घटना भएको छ। पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा परी ३६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार बिहान भएको सो दुर्घटनामा कैयौं घाइते भएको बताइएको छ। ३५० भन्दा बढी यात्रु रहेको रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो। सुरुङमार्गमा गुडिरहेका बेला रेल लिकबाट उछुट्टिएर लिक बाहिर जाँदा दुर्घटना भएको जनाईएको छ ।

घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्