नुवाकोटे टाइगर र डेविडबीच उपाधि भिडन्त



पोखरा, चैत २१ । नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङमाथिबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रीको ३ काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय बेहोरेका थिए । डेबिडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनुपरेको थियो ।

साइनले डेविडलाई लगभग पराजित गरिसकेको अवस्थामा रेफ्रीको ३ काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अन्तिम समयमा डेविडले साइनमाथि सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए । लाइट वयटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गर्‍यो ।

३ फिट ९ इन्च मात्र उचाइ भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भंग गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडिबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।

ठगु र द युगबीचको हाडकोट खतरनाक खेल भएको थियो । युगले फलामको चेनद्वारा ढाडमा प्रहार गरेपछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरी टाउकामा पटकपटक प्रहार गरेपछि युग रक्ताम्य भएका थिए । रिङबाहिर धराशायी हुने गरी पिटेर रिङमा ल्याएपछि रेफ्रीले ३ काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए । घाइते भएका युगले पुनः खेलमा फर्कंदै ठगुलाई धराशायी बनाएर ३ काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रीलाई नै तानेर पछारेका थिए ।

त्यसपछि रिङमा युगका पाटनर पनि आएपछि ठगु टोली रिङबाट बाहिरिएको थियो । सो खेल पुनः शनिबार हुनेछ महिलाहरूको त्रिकोणीय खेलमा दिलासाले बाजी मारिन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्