नयाँ वर्षमा चौरी महोत्सव



पाँचथर, चैत २२ । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो ।

यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो । फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीपज्योति युवा क्वल र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाको आयोजना तथा कञ्चनजंघा भू–परिधि संरक्षण तथा बिकास पहलको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सव प्रबद्र्धकको रुपमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नं। वडा रहेका छन् ।

चौरी पालन व्यवसाय प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था दीपज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावा राईले बताए । महोत्सवमा चौरी तथा याक प्रदर्शनी, चौरीको दुधबाट उत्पादित वस्तुहरुको स्टल लगायत रहनेछन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्