नुवाकोट पुगी नायिका रेखाले भनिन- ‘भोट दिए नदिए पनि जनतालाई माया गर्ने नेता डाक्टर लोहनी’



सम्बोधनका क्रममा नायिका रेखा थापा

काठमाडौ,चैत २२ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले नुवाकोट पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीको भारी प्रसंशा गरेकी छन् । जिल्लास्थित लिखु गाउँपालिकामा भएको पार्टीको गाउँ अधिवेशनमा सम्बोधन गर्दै नायिका थापाले डाक्टर लोहनीको प्रसंशा गरेकी हुन।

सम्बोधनका क्रममा उनले ग्रामीण वस्तीमा डाक्टर लोहनीका साथसाथै हिड्दा जनताले रुचाइएका राजनीतिज्ञका रुपमा डाक्टर लोहनीलाई आफुले पाएको बताइन् ‘तपाईंहरुले भोट दिएपनि नदिएपनि जनताको सेवाका निम्ति उत्तरदायी भूमिकामा निभाइरहने अभिभावकका रुपमा डाक्टर लोहनीलाई पाए’उनले भनिन-‘गर्वका साथ तपाईंहरुले भ्रष्टाचार र झुठो आश्वासन नगर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिनुस् ।’

शनिबार गाउँपालिकाको चौघडास्थित शान्ति कुन्ज एकेडेमीमा भएको रााष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले नुवाकोटमा बिजुलीबत्ति,सडक संजाल र विकास निर्माणका योजना आफू मन्त्री हुँदा सुरु गरेको बताए । उनले उमेरसंग राजनीतिक योगदानलाई नदाज्न अनुरोध गर्दै भने-‘म बुढो भएको छैन,राजनीतिक रुपमा ठिटो भएर आएको छु,आउनुहोस् एकपटक सबैले साथ दिनुहोस्।’

कार्यक्रममा केन्द्रिय सम्पादन समिति सदस्य रबिन चाम्लिङ,राप्रपा नुवाकोटका भरत पाठक लगायतको उपस्थिति रहेको थियोे।

राप्रपा लिखु गाउँ अधिवेशनले चिन्नलकुमार राईको अध्यक्षतामा ३१ सदस्यीय गाउँकमिटी समेत चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्