नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन



नुवाकोट, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन गरेको हो ‌ ।

शुक्रबार नेपाल खेलकुद महासंघका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले १ सय ८५ जना सदस्य‌ सहितको केन्द्रीय कमिटी घोषणा गरेको छ । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीमा चयन भएका श्रेष्ठले नुवाकोटसँगै समग्र देशको खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

श्रेष्ठले नुवाकोटको खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहेर योगदान पुर्याउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका सक्रिय नेता समेत रहेका श्रेष्ठले विभिन्न सामाजिक संस्थामा आबद्ध रहेर खेलकुद नुवाकोटमा विकासलाई जोड दिइरहेको देखिन्छ ।

साे भेलाकाे उदघाटन एमालेका वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्