शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश



नुवाकोट,चैत २२ । जिल्लास्थित शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा घरेलु खेलकुद टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—० गोल अन्तरले पराजित गर्दै घरेलु टोली शिवपुरी गाउँपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

शिवपुरी गाउँपालिकाको लागि सागर भण्डारीले दुई गोल गरे भने ककनी गाउँपालिकाका उत्तम लामाले आत्मघाती गोल उपहार दिएका थिए ।

प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् । १२ टोली सहभागि भएको प्रतियोगिता आगामी २५ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्